नेपालीमा सानो निबन्ध विधार्थी जीवनमा
विद्यार्थी भन्नाले विद्यालय तथा विश्वविद्यालयमा गएर औपचारिक रूपमा अध्ययन कार्यमा लाग्ने मानिसलाई जनाइन्छ । विद्यालय जान थालेका चार पाँच वर्षको बालबालिका देखि विश्वविद्यालयका विद्यार्थी समेत विद्यार्थीको समूहमा पर्दछन् । विद्यार्थी जीवन महत्वपूर्ण समय हो । यो ज्ञानआर्जनको समय हो । यदि हामीले यो जीवनमा विद्यार्थी जीवनमा धेरै ज्ञान आर्जन गरेमा हाम्रो जीवन सुखी बन्न सक्छ । विद्यार्थी जीवनमा पाएको उपलब्धिले नै हाम्रो भविष्य राम्रो हुन्छ । जब कुनै विश्वविद्यालयबाट पढ्न सुरू गरेर विभिन्न कलेज हुँदै विश्वविद्यालयमा पुगेर आफ्नो विद्यार्थी जीवन पूरा गर्छ। विद्यार्थी जीवन मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण समय हो । एउटा विद्यार्थीले अहिलेको समयको सदुपयोग गरेर नै भविष्यमा महान् व्यक्ति बन्न सक्छ। विद्यार्थी आफूले पाएको ज्ञानबाट सन्तुष्ट हुनुहुँदैन । विद्यार्थी मेहनती र जिज्ञासु प्रकृतिको हुनुपर्छ । जुन विद्यार्थी अनुशासनको पालना गर्छ । जसले समयको पालना गर्छन्, जुन विद्यार्थी नियमित विद्यालय जान्छन्, जुन विद्यार्थी आफ्ना अभिभावक तथा अग्रजको निर्देशन मान्छन् ती विद्यार्थी नै असल विद्यार्थी हुन् । संसारमा भएका सम्पूर्ण व्यक्तिले विद्यार्थी बन्ने सौभाग्य प्राप्त गर्न सक्दैनन् । हाम्रो देशमा पनि घरायसी कारण, आर्थिक स्थिति, भौगोलिक कारण आदिका कारणले बालबालिकाहरू विद्यालय जानबाट बञ्चित भएका छन् । विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् । आज विद्यालय तथा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी नै भविष्यका राष्ट्रपति, प्रधानमन्त्री, वैज्ञानिक, डाक्टर, इन्जिनियर, शिक्षक आदि हुन् । विद्यार्थीको प्रमुख लक्ष्य नै राम्रोसँग अध्ययन गर्नु हो। एउटा असल विद्यार्थी हुनका लागि मिलनसार नम्र र अनुशासित बन्नुपर्छ । कक्षामा ध्यान दिएर सुन्नुका साथै कक्षाकार्य र गृहकार्य गर्नुपर्छ । मिहिनेत गर्ने बानी बसाल्नुपर्छ । जसले गर्दा एउटा विद्यार्थी आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ।
student life विधार्थी जीवन निबन्ध
विधार्थी जीवन मनुष्य जीवनको सबैभन्दा उत्तम आनन्दमय र महत्वपूर्ण व्यवस्था हो। विधार्थी जीवन कति प्राय कारणहरुले गर्दा ईष्या गर्नलायकको जिवन मानिन्छ। विधार्थी जीवन व्यापारिक जीवनका समस्याहरुबाट मुक्त स्वतन्त्र जीवन हो। व्यावहारिक जीवनको उत्तरदायित्वरहित जीवन भएको हुनाले नै मानिसहरु"विधार्थी जीवन सुनौलो जीवन हो"भन्ने गर्छन्।
विधार्थी जीवन मनुष्य को यो महत्वपूर्ण अंश हो। यही जीवन मै भावी जीवनको आधारको निर्माण गरिन्छ। विधार्थी जीवन निर्माण गरेको आधार दरिलो भए भावी जीवन सुखमय गौरवपूर्ण बन्नैछ। बिधार्थी जिबनमा बालक-बालिकाहरुले नौला नौला आढतहरू सिक्छन्। यी आदतहरु कोहि असल हुन्छन् अनि कोही निम्न। असल आदत अपनाउने हरु उन्नतिको मार्गमा अग्रसर भएर जीवन सपार्छन् अनि निम्न आदत अपनाउने हरु भष्टाचार तिर अग्रसर भएर जीवन बर्बाद गर्छन्।
उहिलेका विद्यार्थीहरूको जीवन कठोर थियो। विद्यार्थीहरुले गुरुकुलमा प्रवेश गरेर गुरुकोसेवा सत्कार गर्दै गुरुको आज्ञा पालन गरी शिक्षा प्राप्त गर्नु पर्थ्यो। शिक्षा साथै चरित्र घटनामा त्यसबेला खुबै ध्यान दिइत्यो। तर आज यो सब छैन। आज विधार्थीहरु गुरुकुलमा प्रवेश नगरी विद्यालय तिर नै शिक्षा पाउँछन्। दैनिक पाँच छ घन्टा विद्यालयमा गुरुहरूको संसर्गमा रहिरहेको समय गुरूको नदीदेखि दूर रहने हुनाले आजका विद्यार्थीहरूको चरित्र निर्माणमा गुरुजनको महत्वपूर्ण हात रहँदैन। यसैले आजका विद्यार्थीहरुमा उच्छृङख्लता र आडम्बरको मात्र बढ्दै गइरहेको छ। आजको विद्यार्थीहरूमा अनुशासनहीनताको मात्रा बढेका मुख्य कारणहरुमध्ये एक यो पनि भएको छ। प्राचीन संस्कृत भनाइअनुसार विधार्थीको मुख्य कर्तव्य आफ्नो विधाध्ययन हो। विधाध्ययनबाहेक विधार्थीकोअरु केही काम हुँदैन। तर आज उत्त भनाइ युक्तिसंगत ठहरिन अउदैन, किनकि आजको समय अहिलेको समय झै छैन। आज अहिले झै मानिसको जीवन सरल शान्त र विश्रामपूर्ण छैन-यसको विपरित आज मानिसको जीवन कठिन र बेष्ट बनेको छ। यस्तो स्थितिमा केवल विधाध्यानमै लागिरहने विद्यार्थीले सफल जीवन यापन गर्न सक्ने छैन्। आधुनिक बेस्त जमानामा विधाध्यानयनको साथसाथै अरु व्यवहारिक ज्ञान प्राप्त गर्न अरुलेमात्र सफलता पूर्वक जीवन निर्वाह गर्न सक्छन्। तर व्यवहार बिज्ञान प्राप्तिमा मात्र ध्यान दिएर साधारण विधाध्यानयनमा वास्नता राखिनेहरुपनि पुस्तकध्यानमा मात्र लागिरहनेहरु झैं सफल जीवन सापन गर्न सक्दैनन् सामाजिक समस्याहरुप्रति सचेत भए तापनि यसमा मन प्राण अर्पनु विधार्थीको कर्तव्य होइन।
विधार्थीको प्रमुख कर्तव्य विधा अध्ययन हो र अन्य कामहरु गौण हुन्। विधार्थीहरुले विधाध्यानयलाइ प्राथमिक कथा दिएर विधाध्यानयन गर्ने काममा आलस्य प्रकट गर्नु हुँदैन। बिधार्थी जीवन परीक्षण लगन र मेहेनतको जीवन हो। जसले यो जीवनको महानता बुझेर आलस्य नमानी परिक्षम गर्दै, उसले भावी व्यवहारिक जीवनमा हीरा बन्ने सुयोग्य प्राप्त गर्छ अनि विधार्थी जीवनलाई आनन्द र चैनको जीवन सम्झेर मौज गर्नेहरु पछि जमिन को धुलो हुन बाध्य हुनुपर्छ। आलस्यपन विधार्थी जीवनको ध्वंसकारी शत्रु हो। विधाध्यानयनमा विधार्थीहरुले पूर्ण मनोयोग दिनु आवश्यक छ। विद्यार्थीहरूमा ज्ञान प्राप्तीको जिज्ञासा र कुतूहल सर्वदा जागरूक रहनुपर्छ। विधार्थीहरुमा ज्ञान-प्राप्तीको भोक हुनु अत्यावश्यक छ।
विधार्थी जिवनमा अनुशासनको महत्वपूर्ण स्थान हुनुपर्छ। यसबाहेक विधार्थीहरु सत्यवादी, निर्भीक, साहसी, उदार, आज्ञाकारी, क्षमावान्,संयमी रर्तव्यपरायण अनि कर्मठ हुनुपर्छ। अभिमान, उच्छृङख्लता,आडम्बर अनि आवर्त बिधार्थी जीवनको अभिशाप बन्ने हुन्छ।
विधार्थीहरुले यो सधै याद राख्नुपर्छ तिनीहरू नाई समाज जाति अनि देशका भाग्यविधाता र गौरव हुन्।
यसै बिचार अनुसार विद्यार्थीहरुले उत्साहपूर्वक आफ्नो कर्तब् पालन गर्नु आवश्यक छ। बीज अनुसारको बोट हुन्छ। विधार्थी जिवनमा जस्तो बीज छरिन्छ, उस्तै बोट वा फल व्यावहारिक जीवनमा पाइन्छ। विद्यार्थी जिबनमा विद्यार्थीहरुले संयम, स्वालम्बन,क्षमाशीलता, उदारता, आज्ञाकारिता, अध्यवसाय र कर्तव्यपरायण या जस्ता उत्तम गुनहरु अपनाएका छन् भने तिनीहरुलाई भावी व्यवहारिक जीवनमा सुख र सफलता प्राप्त गर्न कति गाह्रो पर्नेछैन।
विधार्थीहरुले विधार्थी जस्तो भएर जब विद्याध्ययन गर्छन् तब मात्र तिनीहरू सफलतापूर्वक विधार्थी जीवन पार गरी जिवन संग्राममा सफल हुन्छन् ।यसै कुरालाई मनमा राखी प्रत्येक विधार्थीले विधार्थी जस्तै भएर विधाध्ययन गर्नु आवश्यक छ।
धन्यवाद
- अनमोल शर्मा